केपी ओलीले गफ चुटेरै तीन वर्ष बिताए : झलनाथ खनाल

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले गफ चुटेरै तीन वर्ष बिताएको बताएका छन् ।

नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लासिग आफैले गर्छु भनेको कुनै पनि प्रतिवद्धता पूरा नभएको बताए । प्रधानमन्त्री ओलीले बाँडेको पानीजहाज, ग्याँस वितरणलगायतका कुनै पनि काम अघि नबढेको बताउँदै नेता खनालले ओलीले सरकारलाई निरंकुश शैलीमा अघि बढाउँदा देश समस्या परेको बताए ।

नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन् । भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले भने, ‘ओली जस्ता तानाशाहले संविधानमाथि बलात्कार गरे, लोकतन्त्रमाथि प्रहार गरे । त्यसैले सडकमा आउन बाध्य भएका हौं ।’

उनले नेताका रुपमा केपी ओली एउटा गुटको मात्र नेता भए पनि आरोप लगाए । उनले वालुवाटारमा एउटा गुट सक्रिय रहेको र त्यसले जे मनलाग्छ त्यही गरेको बताए ।

उनले आधिकारिक नेकपा आफ्नो समूह नै भएको बताए । लामो समयदेखिको आन्दोलनपछि प्राप्त भएको राजनीतिक अधिकार प्रधानमन्त्री ओलीले एकाएक ध्वस्त पार्न लागेको बताए । ओली माथि पहिलेदेखि नै आशंका रहेको बताए । सोही जस्तै उनीबाट विश्वासघात भएको उनको ठहर छ ।

 
 
  
 

You may also like