थप ४८१ जनामा कोरोना पुष्टि, २४ घण्टामा ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ४८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४८१ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ५८ हजार १८१ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ४९ हजार ८६३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.७ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८२८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ९ हजार ६५४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ३६९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ६ हजार ४९३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८२५ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७० रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like