२०७७ पुस १२ गते आइतबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आँटेको र ताकेको कार्यहरू पुरा होलान् । नयाँ कार्यको योजना बन्ने छ । वस्त्र एवं अङ्कार प्राप्ति हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मन खिन्न हुने स्थिति आउनेछ । महत्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नु होला । राजनीतिक कार्यमा बाधा आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरुलाई प्रभावित पारेर काम बन्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । मुद्दा–मामिलामा पनि विजयी भइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । रमाइलो यात्राको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्ने छन् । दीर्घकालिक योजना कार्यान्वयन गरी दूरगामी प्रतिफल प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कुटुम्बको सहयोग मिल्ने छ । कार्यमा सफलता पाईने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक कार्यमा रुची बढ्ने छ । लगनशीलताले कामहरु अगाडि बढ्ने छन् । समाज सेवामा मन लाग्नेछ । पारिवारिक सद्भाव बढ्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शत्रुबाट छुटकारा मिल्ने छ । सन्तान सुख पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like