अध्यक्षपछि संसदीय दलको नेताबाट पनि हटाइए ओली, प्रचण्ड नयाँ नेता चयन

by समतल अनलाइन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहको निवर्तमान सांसदहरूको संसदीय दलको बैठक बानेश्वरमा जारी छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले यसअघि अध्यक्षबाट हटाइसकिएका केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट समेत हटाइएको छ । वैठकले संसदीय दलको नयाँ नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको छ ।

हिजो मंगलबार मात्र नेकपाको वहुमत समूहले अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरिसकेको छ । नेपाललाई अध्यक्ष र दाहाललाई संसदीय दलको नेता चयन गर्ने समझदारी उनीहरूबीच अघि नै भइसकेको थियो ।

सोही समझदारीलाई आज (बुधबार) वैठक बसेर औपचारिक निर्णय गरिएको हो । नेकपाको मौजुदा ४४७ मध्ये ३१५ जना केन्द्रीय कमिटी सदस्य उपस्थित सो बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो ।

 
 
  
 

You may also like