कालीगण्डकी करिडोरको ‘सेतो पहरा’ बाट ट्रक खस्यो, तीन जनाको मृत्यु

by समतल अनलाइन

नवलपरासी। कालीगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा तीन जनाको ज्यान गएको छ । गैंडाकोट नगरपालिका अन्तर्गत कालीगण्डकी करिडोरको भोक्रेफाटस्थित सेतो पहराबाट आज (बुधबार) विहान ना ३ ख ५३३९ नम्बरको ट्रक करीब दुई सय मिटर तल खसेको हो ।

लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । घटनास्थलमा तीन जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीले जानकारी दिएका छन् ।

मृतकहरुको पहिचान खुलिसकेको छैन । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी घटनास्थलमा पुगेको छ । घटनास्थल गैंडाकोटबाट ३५ किलोमिटर उत्तरमा पर्छ ।

 
 
  
 

You may also like