नेकपा स्थायी कमिटीमा झलनाथको प्रस्ताव : माधव नेपाललाई अध्यक्ष बनाऔं

by समतल अनलाइन

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल १२ वर्षपछि फेरि पार्टी नेतृत्वमा आउने भएका छन् ।

नेकपाको आजको स्थायी कमिटी वैठकमा नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरेका छन् । तत्कालीन एमालेको महासचिवबाट राजीनामा दिएका माधव नेपाल १२ वर्षपछि पार्टी नेतृत्वमा फर्किन लागेका हुन् ।

यस्तै आजको स्थायी कमिटी वैठकले असंवैधानिक र अलोेकतान्त्रिक रुपमा संसद विघटन गरेका प्रधानमन्त्री तथा नेकपाका वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने समेत निर्णय गरेको छ ।

 

 
 
  
 

You may also like