66
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिका लागि शीतलनिवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस अनुसार विघटन गरेमा प्रतिनिधिसभा भङ्ग हुनेछ । प्रधानमन्त्री ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद वैठक बोलाएर संसद विघटनको सिफारिस लैजाने प्रस्ताव गरेका हुन् । ओलीको यो कदमले देशमा अस्थिरता निम्तिने भन्दै राजनीतिज्ञ र कानूनविदले आलोचना गरेका छन् ।