प्रचण्डलाई भेटेपछि सिधैं बादल निवास पुल्चोक पुगे प्रधानमन्त्री

by समतल अनलाइन

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारबाट फर्किए लगतै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक पुगेका छन् ।

नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास पुगेका हुन् । अहिले प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री निवासमा छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले खुमलटारमा कार्यकारी अध्यक्षपछि प्रधामन्त्री ओलीले निवासमै पुगेर गृहमन्त्री थापासँग छलफल गरेको बताएका छन् ।

‘खुमलटारको भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रिनिवास पुल्चोकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गर्नु भएको छ’, थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । पार्टीभित्र देखिएको विवाद र प्रचण्ड–नेपाल समूहले आफूमाथि दबाब बढाएपछि पछिल्लो समय ओलीले भेटघाट र छलफललाई तीब्रता दिएका छन् ।

 
 
  
 

You may also like