ओली–प्रचण्ड छलफल चलिरहेकै बेला खुमलटारमा थपिए बामदेव

by समतल अनलाइन

काठमाडौ । नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खुमलटारमा भइरहेको छलफलमा नेकपा उपाध्यक्ष बामदेव गौतम पनि थपिएका छन् ।

पार्टी विवादका विषयमा प्रचण्डसँग छलफल गर्न ओली आज (शनिबार) बिहान ११ बजे प्रचण्ड निवास खुमलटार पुगेका हुन् । दुई अध्यक्षबीच छलफल चलिरहेका बेला पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका हुन् । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले अहिले तीन नेताबीच छलफल भइरहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता र मन्त्रीहरु समेतलाई जानकारी नदिई संवैधानिक परिषद अध्यादेश ल्याएपछि पार्टीभित्रको विवाद झन बढेको छ । नेताहरुको आलोचना र दवावपछि नेकपा स्थायी कमिटी वैठकमा ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाए पनि कार्यान्वयन गरेका छैनन् ।

बरु उल्टै परिषद वैठक डाकेपछि प्रचण्डको दवावमा वैठक स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नलिए ‘एक्सन’ मा जाने प्रचण्ड–माधव नेपाल समूहले चेतावनी दिएपछि ओली आज विहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

 

 
 
  
 

You may also like