ओलीको कदमबारे खुमलटारमा प्रचण्ड निकट नेताहरूको छलफलप्रचण्डलाई फकाउन शंकर पोखरेल पुगे खुमलटार, कार्यकर्ताको भविष्य हेर्न आग्रह

by समतल अनलाइन

काठमाडौं । सरकारले हिजो (मंगलबार) ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई थप चिढ्याइरहेका बेला ओली पक्षका नेता शंकर पोखरलेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि सत्तारुढ दलमा मात्र होइन विपक्षी दलहरुले समेत त्यसको चर्को विरोध गरिरहेका छन् । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को विरोध भइरहेका बेला ओलीले पुनः सहमति र छलफल बिनै अध्यादेश ल्याउपछि विवाद थप बढ्ने निश्चित भएका बेला ओली पक्षीय नेता तथा स्थायी कमिटी सदस्य पोखरेल प्रचण्डलाई फकाउन आज (बुधबार) विहानै खुमलटार पुगेका हुन् ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेल ओलीको दूतका रुपमा खुमलटार पुगेको स्रोतले जानकारी दिएको छ । आजै बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न निर्देशन दिने तयारी नेताहरुले गरेका छन् ।

स्थायी कमिटी वैठक रहेका बेला हिजो ल्याइएको अध्यादेशप्रति अध्यक्ष प्रचण्डको धारण बुझ्न ओलीले पोखरेललाई खुमलटार पठाएको स्रोतको भनाइ छ । पोखरेलले अध्यक्ष प्रचण्डलाई भेटेर कार्यकर्ताको भविष्य हेरेर पार्टीभित्रको विवाद समाधानतर्फ लाग्न आग्रह गरेका छन् ।

ओलीको कदमबारे खुमलटारमा प्रचण्ड निकट नेताहरूको छलफल
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उत्पन्न राजनीतिक संकटका विषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेताहरू आज (बुधबार) बिहानै खुमलटार पुगेका छन् ।

जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, गणेश शाहलगायतका नेता प्रचण्डलाई भेट्न खुमलटार पुगेको स्रोतको भनाई छ । आज दिउँसो १ बजे नेकपा स्थायी कमिटी बैठक बस्दैछ । अब के केसरी अगाडि बढ्ने भन्ने विषयमा प्रचण्ड पक्षीय भेला भएको जनाइएको छ । छलफलमा के निर्णय भयो भन्नेबारे खुलाइएको छैन ।

 
 
  
 

You may also like