आजको मौसम : वर्षकै न्यून तापक्रम, केही स्थानमा वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

त्यस्तै काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । यो वर्षको आजसम्मको सबैभन्दा कम तापक्रम हो । विभागले दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २०—२१ डिग्री सेल्सियस पुग्ने अनुमान गरेको छ ।

साथै, देशभरका पहाडी क्षेत्र र प्रदेश १ मा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रहेको छ । सोमबार दिउँसो प्रदेश १ लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै राति प्रदेश १ लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

 
 
  
 

You may also like