नायिका श्वेता खड्का वैवाहिक बन्धनमा

by समतल अनलाइन

काठमाडौं । नायिका श्वेता खड्का वैवाहिक बन्धनमा बाधिएकी छन् । श्वेताले काठमाडौँस्थित गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र रावतसँग विवाह गरेकी हुन् ।।विवाहस्थल गोकर्ण रिसोर्ट नै रिजर्भ गरेर श्वेताको विवाह भएको छ ।

श्वेताले आइतबार सामाजिक संजालमा एक पोष्ट गर्दै आफुले जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको जानकारी गराएकी थिइन् ।

साथै उनले आफु दोस्रो पटक वैवाहिक सम्बन्धमा बाधिन लागेको बेला के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ? भन्दै प्रश्न समेत गरेकी थिइन् ।

 

 
 
  
 

You may also like