थप १३८० जनामा कोरोना पुष्टि, २४ घण्टामा १९ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १३८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १३८० जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ३० हजार ७२३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५१५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ११ हजार १८६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९१.५ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ३६८ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १७ लाख १९ हजार ८२८ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ६१८ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १८ हजार ८३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४५४ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६३ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like