कोरोना विशेष अस्पतालमा थप २ जनाको मृत्यु

by समतल अनलाइन

बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुषको राति साढे ११ बजे र कपिलवस्तु गोरूसिंगेका ७४ वर्षीय वृद्धको शुकरबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

Aबुटवलका पुरूषलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, कपिलवस्तुको गोरुसिङ्गेका वृद्धको राति १०:२० बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए। उनलाई मंसिर ९ गते संक्रमण पुष्टि भएको थियो। दुवै संक्रमित मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित रहेको उनले जानकारी दिए ।

 
 
  
 

You may also like