कलाकारहरु एकजुट भएर अगाडी बढ्नुको बिकल्प छैन – महासचिव शाह

by समतल अनलाइन

पोखरा । कलाकारहरु राष्ट्रका गहना भएकाले आफ्नो अधिकार प्राप्तीका लागी सबै कलाकारहरु एकजुट भएर अगाडी बढ्नुको बिकल्प नरहेको एक कार्यक्रममा बताइएको छ ।                                                  राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको शनिवार पोखरामा भएको दोस्रो अधिबेशनमा प्रमुख अतिथिको आशनबाट बोल्दै राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय महासचिव विक्रम जंग शाहले सो कुरा बताएका छन् । अग्रजहरुको सम्मान गर्दे बस्ति भित्र लुकेर रहेका हस्थिहरुको खोजी गरी उनीहरुको प्रतिभालाई उजागर गर्दे लैजानु अहिलेको आवश्यकता रहेकोले सो को लागी संस्था प्रतिवद्ध रहेको शाहले बताए । कोरोना भाइरसको प्रकोपका कारण देशमा भएको लकडाउनमा काठमाण्डौं लगायतका जिल्लामा सस्थाले अहोरात्र खटेर कलाकार लगायत आम सर्वसाधारणलाई खाद्यान्न लगायतका राहत सामाग्री बितरण गरेको बताएका छन् । कार्यक्रमका बिशिष्ट अतिथि सन्तोष अधिकारीले आफ्नो धारणा राख्दै राष्ट्रिय संगितकर्मी संघ मात्रै कलाकारहरुको हक हितका लागि लड्न सक्ने एक मात्र संस्था भएकोले सम्पुर्ण कलाकारहरुलाई आवद्द हुन आग्रह गरेका छन् । सो अधिवेशनबाट कृष्ण प्रसाद गौतमको नेतृत्वमा ३० सदस्यीय नयाँ कार्यसमिती सर्वसहमतीले चयन गरिएको छ जसको उपाध्यक्षमा बरिष्ठ उपाध्यक्ष प्रशान्त सुनार, प्रथम उपाध्यक्ष करण तामाङ, द्वित्तीय उपाध्यक्ष अनिता पन्त , महिला उपाध्यक्ष लक्ष्मी नेपाली , महासचिब शंखर ढकाल , सचिब अर्जुन सापकोटा, बालकृष्ण शर्मा , महिला सचिब पवित्रा काफ्ले, कोषाध्यक्ष मिठु झा , सह कोषाध्यक्ष प्रतिमा भट्टराई , गंगा पौडेल , शुरेस भुर्तेल, सदस्यहरु गोविन्द प्रसाद अधिकारी, खिमलाल देवकोटा, गम बहादुर न्यौपाने, अ्म्बिका भण्डारी , कल्पना सिग्देल , किरण शर्मा, संगम शर्मा , प्रज्वल भित्रकोटि, रामकुमार थापा मगर, पुजा गुरुङ, बिरु बस्याल , सुजिता राना , डीबी मजाकोटी, लिला पौडेल , समिक्षा घर्ती र पुर्ण वाग्ले इतिहास रहेका छन् ।
सय बढी कलाकार एवं प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रम टंक डुम्रेको अध्यक्षता राष्ट्रिय संगितकर्मी संघका महासचिब बिक्रमजंग शाहको प्रमुख आथित्यता , केन्द्रीय सदस्य सन्तोष अधिकारीको बिशिष्ट आथित्यता, केन्द्रीय सदस्य रिना थापा मगर, शिवम डिजिटलका संचालक शिब भुर्तेल लगायतको आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब कृष्ण प्रसाद गौतमले गरेका थिए ।।

 
 
  
 

You may also like