थप १९८० जनामा कोरोना पुष्टि, २४ घण्टामा १६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १९८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १९८० जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख २२ हजार २८८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख २ हजार ६७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९१ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १६ लाख ७० हजार ४५६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ६२९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १८ हजार ८८४ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३३७ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६० रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like