थप १६६९ जनामा कोरोना पुष्टि, २४ घण्टामा १६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १६६९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १६६९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख २० हजार ३०८ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ९९ हजार २४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९०.३ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ३२ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १६ लाख ६० हजार ७५ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ६८६ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १९ हजार ९६३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६० रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like