बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नं. १ गुल्मीका ६६ वर्षीय पुरूष र तिलोत्तमा नगरपालिका वडा नं. २ का ५९ वर्षीय पुरूषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

रेसुङ्गाका मृतकलाई गत कात्तिक २७ गत कोरोना पोजेटिभ भएको थियो । त्यसलगत्तै २८ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

ज्वरो र श्वासप्रश्पासका बिरामी उनको शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी, तिलोत्तमाका संक्रमितलाई यहि मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको पनि शुक्रबार दिउँसो १२ बजेर ४६ मिनेटमा मृत्यु भएको हो । मृतकलाई ज्वरो, मुटुरोग, दम, मधुमेह र श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ

 
 
  
 

You may also like