लुम्विनी प्रदेश स्तरिय १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

by समतल अनलाइन

सुरेश थापा
गुल्मी । स्थानिय तह सभा संचालन र कानुन निर्माण प्रक्रिया विषयक १ दिने अन्तरक्रिया सत्यवती गाउँपालिका को सभाहल गुल्मीमा आज सम्पन्न भएको छ ।                                                                                  लुम्विनी प्रदेश सरकार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यालय कानुन तथा संवैधानिक मामिला महाशाखाको आयोजना रहेको थियो । लुम्विनी प्रदेश सरकारका प्रमुख सचिव तोयनारायण ज्ञवाली र अन्तरक्रिया कार्यक्रमका सभाध्यक्ष तथा मुख्यमन्त्रि परिषदका कानुन सचिव राजेन्द्र थापाले संयुत्तरुपमा स्थानिय तह सभासंचालन गर्ने प्रक्रिया र कानुन निर्माण गर्ने विधिको मापदण्ड, संविधानले दिएको अधिकार सम्वन्धि विषयमा सहजिकरण गर्नुभएको थियो । सो अवसरमा सत्यवती गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
गाउँपालिका अध्क्षक्ष पारिश्वर ढकालको प्रमुख आतिथ्यता, उपाध्यक्ष शुवर्ण शेर्चन शाहिको विशिष्ठ आतिथ्यता पत्रकार लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन सुस्मिता पाण्डेले गर्नुभएको थियो ।

 
 
  
 

You may also like