युरोप शाखाका अध्यक्ष राईलाई पाखा लगाउने षड्यन्त्र असफल,महासचिवको जिम्मेवारी रिजाललाई

by समतल अनलाइन

कलश खरेल
पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखाको विशेष बैठकले सचिव दोर्ण रिजाललाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएको छ । सस्थाका अध्यक्ष केजीन राईको अध्यक्षतामा नोभेम्बर ८ मा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले युरोप शाखाबाट पोर्चुगल तदर्थ शाखामा स्थानन्तरण भैसकेका तत्कालिन महासचिव छन्त्याल र सचिव पेम्बागेलु शेर्पा र बेल्जियम तदर्थ शाखामा स्थानन्तरण भएका वरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माइ, सल्लाहकार ओम शर्मा र सदस्य शेरवहादुर छन्त्याललाई युरोप शाखामा पुर्याउनु भएको योगदानको धन्यवाद दिदै विदाई गरेको छ ।

उक्त बैठकले युरोप शाखाबाट स्थानन्तरण भैसकेका पत्रकार द्वोय डिल्लीराम अम्माइ र योगेन्द्र मिलन छन्त्यालले सस्थाको लेटरप्याड दुरुपयोग गरि जारी गरेको विज्ञप्ति अवैधानिक र भ्रामक रहेको ठहर गर्दै खारेज गरेको छ ।
त्यस्तै, युरोप शाखाको सचिव पदबाट वसन्त रानाभाट र सदस्य पदबाट भोला लामिछाने दिएको राजीनालाई स्वीकृत गरेको छ । दुवैले १५ अप्रिल २०२० मा स्वेच्छाले राजीनामा दिएका थिए ।

बैठकले शाखाद्वारा अहिलेसम्म गर्दै आइरहेको विविध कार्यक्रम निकै प्रभावकारी र जनमुखी रहेको ठहर समेत गरेको छ । बैठकद्वारा हाल जारी संवाद तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

 
 
  
 

You may also like