काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई जनताले आवश्यक ठानेर प्रधानमन्त्री बनाएकोले कसैले राजीनामा माग्नु ब्यर्थ रहेको बताएका छन् ।
किमाथाङ्का नाका र उत्तर दक्षिण कोशी राजमार्ग अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओली जनचाहना अनुसार आफुले सरकारको नेतृत्व गरिरहेकोले राजिनामा माग्नु जनचाहना बिपरित रहेको दावी गरेका छन् । उनले राजीनामा कसले मागेको हो भन्ने बारेमा भने स्पष्ट गरेनन् ।
उनले पछिल्लो समय पार्टी फुटको हल्ला चलाईएकोले त्यस्ता कुराको विश्वास नगर्न समेत आग्रह गरे ।
प्रधानमन्त्री ओलीले किमाथाङ्का नाका र उत्तर दक्षिण कोशी राजमार्गको पनि अवलोकन गरेका छन् । बुधबार बिहान हेलिकप्टरबाट किमाथाङ्का ओर्लएका ओलीले उत्तर दक्षिण कोशी राजमार्गको भने हवाई अनुगमन मात्र गरेका थिए ।
चिन, भारत र नेपाललाई जोड्न देशकै महत्वपुर्ण बाटो रहेको बताउदै राज्यको प्राथमिकतामा रहेको बताए । सडक खण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिईसकिएको र सडक ट्रयाक निर्माणपछि किमाथाङ्का निक्कै नजिक हुने उनले दावी गरे ।
अनुगमनमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ र प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको पनि उपस्थिती रहेको थियो ।
प्रधानमन्त्री ओलीले आजै अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको अनुगमन गरेका थिए ।