थप २,५६९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या दुई लाख नाघ्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज (बुधबार) थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २३ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १६ सय ६६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ ।

 
 
  
 

You may also like