व्यवसायी पाेखरेलले सञ्चालनमा ल्याए आधुनिक फेन्सी स्टाेर 

by समतल अनलाइन

बुटवल । पुराना व्यवसायी तथा समाजिक अभियन्ता शाेभाखर पाेखरेलले बुटवल-१३ स्थित बेलवासमा आधुनिक फेन्सी स्टाेर सञ्चालनमा ल्याएका छन् ।

बुटवल-१३ संगमचाेकमा स्थापना गरिएकाे “अंकुरा क्याजुअल वेर” फेन्सी स्टाेरकाे बुधबार बुटवल उपमहानगरपालिका कि उपमेयर गाेमा आचार्यले उद्घाटन गरेकि हुन् ।
उद्घाटन कार्यक्रममा बाेल्दै उपमेयर आचार्यले काेभिड-१९ महामारीका बीच व्यापार-व्यवसायहरू पूर्ववत: स्थितीमा सञ्चालनमा आउन केही समय लाग्ने भएपनि सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरिन् । शहरीकरण भइरहेकाे बुटवलमा व्यवसायका लागि अवसरहरू बढिरहेकाे बताइन् ।
कार्यक्रममा फेन्सीका सञ्चालक व्यवसायी पाेखरेलले काेभिडका कारण व्यवसायीहरूले निकै कठिन परिस्थिति भाेग्नु परेकाे बताए ।
कार्यक्रममा वडाध्यक्षहरू, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूकाे सहभागिता रहेकाे थियाे ।
करिब डेढ कराेडकाे लगानीमा सञ्चालनमा ल्याइएकाे फेन्सीमा कपडा र फेन्सी आइटमहरू पाइन्छन् ।

 
 
  
 

You may also like