आइपिएलको उपाधि मुम्बईलाई !

by समतल अनलाइन

मुम्बई । जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि मुम्बई इन्डियन्सले जितेको छ। मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएर उपाधि हात पारेको हो। योसँगै आईपीएलमा मुम्बईले सर्वाधिक ५ पटक उपाधि जित्न सफल भएको छ। गत संस्करणमा पनि सोही टिमले उपाधि जितेको थियो।
मंगलबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको १३औं संस्करण आईपीएलको फाइनलमा दिल्लीले मुम्बईलाई १ सय ५७ रनको लक्ष्य दिएको थियो। मुम्बईले ४ विकेट गुमाएर ८ बल बाँकी राखी लक्ष्य भेटायो। विजेता टिमका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६८ रनको योगदान दिए। उनले ५ चौका र ४ छक्का प्रहार गरेका थिए।
रोहितले पहिलो विकेटका लागि क्विन्टन डि काकसँग र दोस्रो विकेटका लागि सँर्यकुमार यादवसँग ४५÷४५ रनको साझेदारी गरेर टिमलाई जिताउन महŒवपँर्ण भँमिका निभाएका थिए। उनलाई एनरिच नोर्टजेले आउट गरेका थिए। अन्यमा इशान किसनले नटआउट रहँदै ३३ रन बनाए भने डिकाकले २० रन, यादवले १९ रन, किरोन पोलार्डले ९ रन जोडेका थिए। दिल्लीका लागि नोर्जेले सर्वाधिक दुई विकेट लिएका थिए।
दिल्लीको खराब शुरुआत
टस जितेर ब्याटिङ गरेको दिल्लीले खराब शुरुआत गरेको थियो। दिल्लीले २२ स्कोर हुँदा ३ महŒवपँर्ण विकेट गुमायो। ओपनर शिखर धवन व्यक्तिगत १५ रनमा जयन्त यादवको बलमा बोल्ड भए। अर्का ओपनर मार्कस स्टोइनिस खाता नै नखोली आउट हुन पुगे भने आजिन्क्य रहाणे २ रनमा पभेलियन फर्केका थिए। दुवैलाई टे«न्ट बोल्टले विकेटकिपर क्विन्टन डिकाकद्वारा आउट गराएका थिए। स्टोइनिस आईपीएलको इतिहासमा खेलको पहिलो बलमा आउट हुने पहिलो खेलाडी बनेका छन्।
अ्यर र पन्तले ब्याटिङ सम्हाले
३ विकेट २२ रनका लागि गुमाएपछि दिल्लीका लागि कप्तान श्रेयास अ्यर र ऋषभ पन्तले ब्याटिङ सम्हालेका थिए। उनीहरूले चौथो विकेटका लागि ६९ बलमा ९६ रन साझेदारी गरे। सोही साझेदारीको सहयोगमा दिल्लीले ७ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो। यो साझेदारी नथन कोल्टर नाइलले तोडे। अ्यर ६५ रनमा नटआउट रहे भने पन्तले ५६ रन जोडेका थिए। मुम्बईका लागि बोल्टले सर्वाधिक ३ विकेट लिए भने कोल्टर नाइलले २ विकेट हात पारेका थिए।।
पुरस्कार आधा रकम
पछिल्ला सिजनमा भन्दा जारी सिजनको आईपीएलको विजेता र उपविजेतालाई आधा रकम पुरस्कार दिइएको छ। विजेता मुम्बई इन्डियन्सले १० करोड भारु (नेपाली १६ करोड रुपियाँ) तथा उपविजेता दिल्ली क्यापिटल्सले ६ करोड २५ लाख भारु प्राप्त गरेका छन्। यो रकम १० करोड नेपाली रुपियाँ हुन आउँछ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कास्ट कटिङ भएकाले पछिल्ला सिजनभन्दा जारी सिजनमा पुरस्कार रकम घटाएको हो। पछिल्ला सिजनमा विजेता र उपविजेता टिमले २० करोड र १२ दशमलव ५ करोड भारु रकम पुरस्कार पाएका थिए।

 
 
  
 

You may also like