भैरहवामा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना ननगरपालिकाकी ५६ वर्षीया महिलाको भैरहवास्थित भीम अस्पतालमा ज्यान गएको हो ।

कोरोना पोजेटिभ देखिएकी ती महिलालाई कात्तिक १७ गते अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले दिएको जानकारीका अनुसार ती महिलाको सघन उपचार कक्षमा उपचार भइरेहको थियो । उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे उनको मृत्यु भएको हो ।

योसँगै रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८६ पुगेको छ भने लुम्बिनी प्रदेशमा २०५ पुगेको छ ।

 
 
  
 

You may also like