थप २८१७ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३५ हजार ४१९

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २८१७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल एक लाख ९४ हजार ४५३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८१२ सय जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ५७ हजार ९२६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८१.१ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १५ लाख ५४ हजार ७७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ११४९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३५ हजार ४१९ जना रहेका छन् ।

त्यस्तै आइसियुमा ३९८ जना रहेका छन् भने भेन्टिलेटरमा ८२ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ ।

 
 
  
 

You may also like