रुपन्देहीमा बुधबार थपिए १८७ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा कोरोना दिनप्रतिदिन कोरोना संक्रमण थपिने क्रम जारी छ। रुपन्देहीमा बुधबार थप १८७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
रस्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ६८ महिला र ११९ जना पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ ।

बुधबार नि बुटवल उपमहानगरमा ७० जना, तिलोत्तमामा ३८ जना, सिद्धार्थनगरमा २३ जना, सैनामैनामा १४ जना, देवदह र कोटहिमाईमा १२।१२ जना, ओमसतियामा ३ जना, रोहिणीमा २ जना तथा सुद्धोधन, सियारी र कन्चनमा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएसँगै रुपन्द्येहीका कुल संक्रमितको संख्या ५३४७ पुगेको छ । जिल्लामा ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३०१९ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

 
 
  
 

You may also like