तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न

by समतल अनलाइन

बुटवल । तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनगको २४ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाले अध्यक्ष माधवलाल देवकोटाको बार्षिक कार्य प्रगति प्रतिवेदन,कोषाध्यक्ष प्रदिप पराजुलीको आर्थिक प्रतिवेदन र लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन पारीत गरेको छ ।

साधारण सभाले शेयर सदस्यहरुको हितकालागि सहुलियत सहकारी कर्जा कोष स्थापना गर्ने प्रस्ताव पारीत गरेको छ । शेयर सदस्य संख्या थप गर्ने, संहकारीलाइ विशिष्टिकृत संघसंग आवद्ध गर्ने, उत्पादन मुलक क्षेत्र,कृषि र त्यसको बजारीकरणमा लगानी बढाइ शेयर सदस्यहरुलाइ स्वरोजगार बनाउने योजना सहितको अध्यक्षको प्रतिवेदन पारीत भएको हो ।

चालु आर्थिक बर्षकालागि ५ करोड ३४ लाख ६६ हजारको अनुमानित आय व्यय सहितको कोषाध्यक्षको आर्थिक प्रतिवेदन साधारण सभाले पारीत गरेको छ । सहकारीको चुक्ता पँुजी ५ करोड १५ लाख ७७ हजार छ । जगेडा कोषामा करिब २ करोड रहेको छ । ३५ करोड २५ लाख निक्षेप संकलन गरेको सहकारीले ३१ करोड ४४ लाख कर्जा लगानी गरेको छ । सहकारीको कुल दायित्व ४२ करोड ७८ लाख हो । तरलता २१.९७ प्रतिशत रहेको कोषाध्यक्ष प्रदिप पराजुलीले जानकारी दिनुभयो । लेखा सुपरिवेक्षक समितिका सदस्य फर्शुराम भण्डारीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षता र सचिव पार्वती थापाको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सहकारीका सल्लाहकार तथा जेष्ठ सदस्य क्याप्टेन प्रेमबहादुर भण्डारी,प्रदेश लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक लक्ष्मण पौडेल लगायतले बोल्नु भएको थियो ।
सहकारीले गत बर्ष बृक्षा रोपण, शंकरनगर स्थित विपि बाटिकामा पार्क निर्माण,स्वास्थ्य शिवीर, रक्तदान लगायतका कार्यक्रम गरेको थियो । नगरपालिकाको कोभिड कोषमा ५१ हजार आर्थिक सहयोग गरेको सचिव थापाले बताउनु भयो ।
सिष्टर्स सोसाइटि मार्फत महिला शसक्तिकरणका कार्यक्रम संचालन गर्नुका साथै,सहकारी शिक्षा तालिम संचालन, २ हजार सुत्केरी पोषण खर्च,जेष्ठ सदस्यहरुकालागि ७० बर्ष माथिका शेयर सदस्यको निक्षेपमा साविकको व्याजदरमा १ प्रतिशत थप र ८० बर्ष माथिका शेयर सदस्यहरुकालागि १.५ प्रतिशत थप व्याजदर दिने व्यवस्था सहकारीले गरेको छ । शेयर सदस्यहरुको २ लाख बराबरको दुर्घटना बिमा गरेको छ ।

सहकारीले बिभागको परिपत्र अनुरुपको मापदण्ड र प्रक्रिया अनुरुप संचालक समिति,सल्लाहकार र लेखा सुपरिवेक्षण सहितको उपस्थितीमा साधारण सभा सम्पन्न गरेको हो । शेयर सदस्यहरुको उपस्थितीकालागि अशोज १८ गतेदेखि कात्तिक ४ गते सम्मको समय तोकीएको थियो । सो अवधीमा साधारण सदस्यहरु उपस्थित भइ प्रतिवेदन उपर लिखीत सुझाव दिन सक्ने व्यवस्था गरीएको थियो ।

 

 
 
  
 

You may also like