कोरोना संक्रमित कांग्रेस नेता पुनको मृत्यु

by समतल अनलाइन

डोटी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएका डोटीका नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको मृत्यु भएको छ  केआईसिंह गाउँपालिका-४ पूर्वीयाबगर घर भएका ५० वर्षीय पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

उपचारका लागि कैलाली लगिएका उनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालकै आईसीयूमै राखेर उपचारका थालिएको थियो ।अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार निमोनियासहित कोरोना सङ्क्रमित नेता पुनको उपचारकै क्रममा ज्यान गएकाे हो ।

पुन नेपाली कांग्रेसका डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत थिए ।

 
 
  
 

You may also like