थप २ हजार ९४२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २ हजार ९४२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २ हजार ९४२ जना संक्रमित थपिएको जानकारी दिएका छन् । अहिलेसम्म कुल एक लाख ३२ हजार २४६ संक्रमित पुगेका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय २६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ८२ हजार १६६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ६९.७ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ८७५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १२ लाख ८३ हजार ३५४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार ८३१ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १२ हजार ९३३ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या २५ हजार ४३८ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ६६ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर ३०१ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

 

 

 

 
 
  
 

You may also like