जन्म दिनमा मृगौला पिडितलाई खाद्यान्न सहयोग 

by समतल अनलाइन

बुटवल ।बुटवल बहुमुखी क्यामपसका ने.वि. संघका सचिव प्रदिप घर्ति मगरले मृगौला पिडितलाई खाद्यान्न सहयोग गरि जन्म दिन मनाएका छन् ।

गुल्मी चन्द्रकोट गाँउपालिका – ७ रुपाकोटमा स्थायी घर भएका हाल बुटवल- ११  देवीनगरमा डेरा लिएर बसोबास गर्ने मृगौला पिडित ३० बर्षीय    लाल बहादुर विकको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन  ।

पाल्पा तानसेन नगर पालिका वार्ड नम्बर १० का उम्मेदवार खुम बहादुर कार्कीको समन्वयमा सहयोग गरिएको हो ।  उनकै निवासमा कार्यक्रम गर्दै नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार विष्णु पोखरेलले जन्मदिनको सुभकामना व्यक्त गर्दै मृगौला पिडित लाल बहादुर विकलाई डायलासिसको लागि पूर्ण सहगोग गर्ने प्रतिबद्दता व्यक्त गरे ।

ने . वि. पुर्व केन्द्रीय उपादक्ष्य तथा सामाजिक व्यक्तित्व प्रकाश रानाले जन्मदिनको सुभकामना ब्यक्त गर्दै पिडित परिवारलाई ६ महिना घर भाडाको रकम उपलब्ध गराउने साथै मृगौला पिडित लाल बहादुर विकको श्रीमतीलाई रोजगारको व्यवस्था गर्ने र छोरीलाई विद्यालयमा अध्ययनका लागि रकम छुट गराउने पहल गर्ने जनाए । मृगौला पिडित लाल बहादुर विक विगत ५ बर्ष देखि मृगौला पिडित छन् ।

उनले ३ वर्ष देखि मृगौला  सिद्धार्थ नगरसिटि हस्पिटल बुटवलमा डायलासिस गराइरहेका छन् । खाद्यान्न हस्तारान्तरण कार्यक्रममा नेपाली कांग्रेस युवा नेता प्रदेश सभाका उम्मेदवार विष्णु पोखरेल , ने. वि. संघका पुर्व केन्द्रीय उपादक्ष्य प्रकाश राना लगायताको उपस्थिति रहेको थियो ।

 
 
  
 

You may also like