खेलाडीहरु द्वारा रक्तदान

by समतल अनलाइन

बुटवल। लुम्बिनी स्पोट्र्स क्लब, तिलोत्तमा १४ ले नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र, यू.सि.एम.एस., भैरहवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ ।

क्लबले हरेक बर्ष समाजिक उत्तरदायित्वलाई उच्च महत्व दिदै लोककल्याणको क्षेत्रमा कार्य गर्ने गरेकोछ । यस पटक क्लबले रक्तदान जीवन भन्ने सन्देश सहित आयोजना गरेको कार्यक्रममा ५२ पोइन्ट रगत संकलन गर्न भएकोछ ।

तिलोत्तमा ७ भलवाडी चोकमा आयोजना गरिएको कार्यक्रम, क्लबका सल्लाहकार राजन गुरुड्डको प्रमुख आतिथ्य, क्लबका सल्लाहकार तथा संचारकर्मी कमल थापा, रक्त संचार केन्द्र भैरहवाका ईन्चार्ज हरि सापकोटा, समाजसेवी अशोक पुन, लगायतको उपस्थिती रहेको थियो ।
विशेष गरि युवाहरुलाई गोलबन्द गरेर अगाडी बढेको संघसंस्थाहरुले भौतिक विकास र आत्मकेन्द्रीत जीवन शैलीबाट चरम प्रभावित युवाहरुलाई समाजिक जिम्मेवारी प्रति सम्बेदनशिल गराउन यसता कार्यक्रम महत्वपुर्ण हुने प्रमुख अतिथि राजन गुरुड्डले बताए ।
कार्यक्रम, क्लबका अध्यक्ष प्रत बहादुर पुनको अध्यक्षता, कार्यक्रम संयोजक श्री बहादुर थापाको स्वागत र सचिव विष्णु दगामिको संचालनमा सम्पन्न भएको थियो ।

साथैले क्लबले नेपालीहरुको महान पर्व वडा दशै तिहारको उपलक्ष्यमा राष्ट्रिय स्तरको पा“चौ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको क्लबका सल्लाहकार कमल थापाले बताए ।

 
 
  
 

You may also like