अमेरिकामा दुई महिना यताकै धेरै संक्रमण

by समतल अनलाइन

काठमाडौं । अमेरिकामा दुई महिना यताकै धेरै कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ५६ हजार ६५२ जनामा संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थपिएका संक्रमित संख्या अगस्ट १४ यताकै धेरै हो । संक्रमितमध्ये अहिलेसम्म ५० लाख २५ हजार १५३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ९० हजार ८३२ जनामध्ये १४ हजार ६५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९५७ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १७ हजार ७३८ पुगेको छ ।

 
 
  
 

You may also like