काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिएको १० महिनामा पनि महामारी नियन्त्रणमा आउन सकेको छैन ।बरू दोस्रो लहरको संक्रमण देखिएपछि कयौँ मुलुकहरूमा विभिन्न प्रतिबन्धहरू सुरू भएका छन् ।
अहिलेसम्म विश्वका २१४ मुलुकहरू कोरोनाबाट प्रभावित भएका छन् । यद्यपि केही मुलुकहरू भने यसबाट अत्यन्तै प्रभावित भएका छन् ।
अमेरिका
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख नाघेको छ ।
पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।
कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १७ हजार नाघेको छ । केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।
यद्यपी राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सुधार भएको जनाइएको छ ।
भारत
कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख सङ्क्रमित भएका छन् ।भारतमा एक लाख ६ हजार ५२१ जनाको मृत्यु भईसकेको छ ।
ब्राजिल
कोरोना सङ्क्रमणले सबैभन्दा प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख नाघेको छ । सङ्क्रमणको कारण एक लाख ४९ हजार भन्दा बढीको मृत्यु भएको छ ।
रसिया
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ६० हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार ५६ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।
कोलम्बिया
कोलम्बियामा ८ लाख ८६ हजार १७९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ३३१ जनाको मृत्यु भएको छ ।
स्पेन
स्पेनमा ८ लाख ८४ हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६८८ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना
अर्जेन्टिना ८ लाख ५६ हजार ३०९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २२ हजार ७१० जनाको मृत्यु भएको छ ।
पेरू
पेरुमा ८ लाख ३८ हजार ६१४ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ९८ जनाको मृत्यु भएको छ ।
मेक्सिको
मेक्सिकोमा ८ लाख ४ हजार ४८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ९६ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकामा ६ लाख ८६ हजार ८९१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार ४०८ जनाको मृत्यु भएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म १० लाख ६६ हजार ८५६ पुगेको छ ।
सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६७ लाख ५१ हजार ५०२ पुगेको छ ।युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु फेरि प्रतिबन्धहरु घोषणा गर्न थालिएको छ ।