बालिका अपहरणको आरोपमा दुई जना पक्राउ

by समतल अनलाइन

बागलुङ ।विद्यालय हिँडेकी बालिका अपहरण गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् ।

बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।स्थानीय एक विद्यालयमा वैकल्पिक शिकाईका लागि हिँड्दै गरेकी बालिकालाई जङ्गल छेउमा सडकबाट उठाएर मोटरसाइकलमा राखेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।

दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले ७ दिनको म्याद थप गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । अपहरणमा परेकी बालिका हाल परिवारको साथमा छिन् ।

 
 
  
 

You may also like