नेपालमा एकैदिन अहिलेसम्मकै धेरै ३४ सय ३९ जनामा कोरोना पुष्टि

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल ३४ सय ३९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ११ सय २६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ६८ हजार ६६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७२.९ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार २०९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ११ लाख १३ हजार ४८५ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार १६४ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १४ हजार ४११ जना रहेका छन् ।
त्यस्तै देशभर भेन्टिलेटरमा ३७ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २३३ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा आज १६८४ जना कोरोना संक्रमित थपिएका छन् ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२ सय ९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित भेटिएका छन् ।

 
 
  
 

You may also like