नेपालमा थप २२ सय ५३ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ८६ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २२ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । यो संक्रमण संख्या नेपालमा एकै दिन भएको अहिलेसम्मकै उच्च संख्या हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २२ सय ५३ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३ सय २९ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ६४ हजार ६९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७३.७ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ७८४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १० लाख ७४ हजार ४४८ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार २०३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ११ हजार ८९३ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ३४ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २२६ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा आज १५ सय ९९ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा आज १५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना संक्रमित भेटिएका छन् ।

 
 
  
 

You may also like