प्रदेश राजधानी प्रस्तावको विरोधमा कांग्रेस लगायत विभिन्न संघ सँस्था सडकमा , निषेधित क्षेत्रमा पनि प्रदर्शन

by समतल अनलाइन

बुटवल । प्रदेशको राजधानी दाङको देउखुरीमा राख्ने प्रदेश ५ सरकारको निर्णयको बिराेधमा रूपन्देहीका व्यवसायीक संघ संस्थाहरू पनि सडकमा उत्रिएका छन् ।उनिहरूले बुटवल बाट प्रदेशको राजधानी सार्ने निर्णय गर्ने बादशाहहरूलाई घुडा टेकाएरै छाड्ने दृढता समेत व्यक्त गरेका छन् ।
प्रदेशको राजधानी दाङ लैजाने प्रदेश सरकारकाे निर्णयको बिराेधमा नेपाली कांग्रेस रूपन्देहीले आज जिल्ला बन्दकाे आह्वान गरेको छ भने रूपन्देहीमा क्रियाशील व्यवसायीक संघ संस्थाहरूकाे संजालले पनि बिराेध प्रदर्शन गरेको छ ।

व्यवसायीक संस्थाहरूकाे संजालले आज बुटवलको राजमार्ग चाैराहबाट देखि मिलनचाेक,बसपार्क,अस्पताललाईन हुदै ट्राफिक चाेकसम्म बिराेध प्रदर्शन गरे ।आन्दोलन निस्तेज पार्न स्थानीय प्रशासनले बुटवलका मुख्य मुख्य चाेक तथा राजमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घाेषणा गरे पनि निषेधित क्षेत्रमै प्रदर्शन भैरहेको छ ।बिराेधसभालाई संबाेधन गर्दै व्यवसमयिक संजालका तर्फबाट गठित संघर्ष समितिका संयाेजक खिम बहादुर हमाल,सह संयाेजक यमलाल लाेहनी,सदस्य माधव प्रसाद पाैडेल लगायतले संबाेधन गर्दै राजधानी सार्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए ।
प्रदेशको राजधानी दाङ लैजाने प्रस्ताव प्रदेश सभामा पेश भएसँगै बिराेधमा उत्रिएको कांग्रेस र व्यवसायीक संघ संस्थाहरूकाे संजालले प्रदेश सभा बैठक आह्वान भएको दिन भाेली असाेज १८ गते प्रदेश सभा घेराउ गर्ने कार्यक्रम तय गरेका छन् ।

प्रदेश सभा सदस्यहरूलाई प्रदेश सभामा छिर्न नदिने उनिहरूकाे याेजना छ ।व्यवसायीक संजालले भाेली साबिक लुम्बिनी अञ्चलका जिल्ला बन्दकाे आह्वान समेत गरेका छन् ।

 
 
  
 

You may also like