बाँके थप २ जना कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गएराति २ जना कोराना संक्रमित मृत्यु भएको छ ।

बाँके कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कोहलपुरका मृतक शिक्षक हुन भने नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन ।

कोहलपुरका शिक्षकको बिहान ३:३० बजे मृत्यु भएको र स्वास्थ्यकर्मीको बिहान ४:१५ बजे मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताए ।

उनीहरु दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

 
 
  
 

You may also like