अझै खुलेन बुटवल – पाल्पा सडक खण्ड

by समतल अनलाइन

बुटवल। गएराती आएको पानीका कारण बुटवल – पाल्पा सडज खण्ड खुल्न सकेको छैन ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सडकमा खसेको ठूलो ढुंगाका कारण सडक खुला गर्न सकिएको छैन।

ढुंगा फोड्नका लागि गाडी गएको र ढुंगा फोड्न सकिएमा बेलुकादेखि एकतर्फी रुपमा सडक सुचारु हुने प्रहरीले जनाएको छ। सो सडकखण्डको करीब १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।

केही साना पहिरो हटाएपनि ठूलो ढुंगा हटाउन कठिनाइ भएका कारण सडकमा गाडी चल्न सकेका छैनन्।

 
 
  
 

You may also like