नेपालमा थप १२ सय ७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ७१ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १२ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १२ सय ७ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ सय ४७ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ५३ हजार १३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७३.८ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार १९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ९ लाख ७८ हजार २०४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ६ हजार ३३१ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ८३३ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १० हजार ५०८ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा २७ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २२४ जना रहेका छन् ।

 
 
  
 

You may also like