आईपीएल : राजस्थान रोयल्स १६ रनले विजयी

by समतल अनलाइन

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी शुरुवात गरेको छ ।यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१६ रन बनाउँदै १६ रनले विजयी भएको हो । राजस्थानका लागि सन्जु सेमसनले ७४ रनले बनाएका छन् ।

यस्तै स्टेभेन स्मीथले ६९ र जोफार आर्चरले २७ रन बनाए । चेन्नईका लागि साम कुरानले तीन विकेट लिए भने दीपक चाहर, लुङ्गी एनगिडी र पियुस चावलाले समान एक–एक विकेट लिएका थिए ।

 
 
  
 

You may also like