निलडेभिड बुटवलको कस्टमर अफ द ईयर ५ जनालाई बितरण

by समतल अनलाइन

रुपन्देही । निलडेडिकको फ्रेन्चनईज बुटवलमा ल्याएर सञ्चालन गरीरहेको समृद्धि हेयर सलुनले तेस्रो वार्षिकोत्सवको अवसरमा कस्मटर अफ द ईयरबाट ५ जनालाई सम्मान तथा पुरस्कार बितरण गरेको छ ।

बुटवल अमरपथ सिंह कम्प्लेक्समा रहेको निलडेभिड बुटवलले तेस्रो वर्षको अवसरमा साउन महिना भर सलुनमा आएर मेकअफ, हेयर कट लगायतका कार्यहरु गरेका मध्य ५ जनालाई गोलाप्रथाबाट छनोट गरी पुरस्कार बितरण गरेको हो ।

पुरस्कार पाउनेहरुमा पूजा पन्थी,अस्मिता थापा, सरला सुबेदी र आर्जु मल्ल ठकुरी रहेको सलुन ब्यवस्थापक पबिता आत्रेयले बताईन् ।

सिंह कम्प्लेक्सका सञ्चालक तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष महेशमान सिंहले पुरस्कार बितरण गरेका हुन् । पुरस्कार बितरण गर्दै सिंहले निलडेभिड बुटवलले गरेको कार्य प्रशंसनिय रहेको बताए । उनले आफ्ना ग्राहकहरुलाई आकर्षण गर्ने यो राम्रो उपाय भएको र अबको संभाब्यता राम्रो रहेको बताए ।

पुरस्कार बितरणमा बोल्दै सञ्चालक मोहन ठाकुरले हरेक वर्ष जस्तै यो वर्ष पनि निरन्तरता दिँदै ५ हजार बढिको गिफ्ट प्रदान गरीएको जानकारी दिए । निलडेभिड बुटवलमा नियमित आउने ग्राहकलाई कस्टमर अफ द मन्थ भनेर सम्मानीत गर्ने योजना रहेको उनले बताए ।

पैसा खर्चगरेर कपाल काट्ने स्थानबाट पुरस्कार पाउदा आफु खुसि भएको बताउँछन् फेसन स्टाईलिस्ट रहिम शाह । यसले निलडेभिड प्रतिको माया अझै बढ्दै जाने उनी बताउँछन् ।

२०७३ साउन १४ गते बुटवलमा स्थापना भएको यस निलडेभिडमा ८ जनाले रोजगारी पाएका छन् ।

 
 
  
 

You may also like