सडकमा हिंडिरहेकालाई पहिरोले पुर्दा दुई जना बेपत्ता

by समतल अनलाइन

गुल्मी। गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रातडाँडाको सडक खण्डमा बाटो हिंडिरहेका दुई जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिंडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् ।

सडकमा हिंडिरहेका अर्का एक जनाको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यायलय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तले जानकारी दिएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रवक्ता डिएसपी पन्तले बताए ।

 
 
  
 

You may also like