गुल्मीको रिडीमा समुदायस्तरमा कोरोना फैलिएपछि एक साताका लागि शिल

by समतल अनलाइन

बुटवल। गुल्मीकाे रूरूक्षेत्र रिडीमा समुदायका काेराेना फैलिएपछि एकसाताका लागि बजारक्षेत्र शील गरिएकाे छ । रूरूक्षेत्र गाउँपालिकाले एक साताका लागि बजार क्षेत्र शील गर्ने निर्णय गरेको हाे।

कोरोनाका कारण रिडीको पुलपारी तानसेन १४ कुसेनीगाँउकी एकजना महिलाको मृत्यु भएको छ भने परिवारकै थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै रिडी बजारका ७५ वर्षिय एक बृद्धा समेत कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेकाे हाे ।

कोरोना संक्रमण थप फैलिन नदिनका लागि रूरूक्षेत्र गाँउपालिकाले आज बेलुका सुचना जारी गर्दै बजारक्षेत्र शील गरेकाे र स्थानीयलाइ बाहिर ननिस्कन समेत निर्देशन दिएकाे रिडीबाट सुन्दर कसजुले जानकारी दिए ।

 
 
  
 

You may also like