चारदिनदेखि वेपत्ता पुरुष मृत फेला

by समतल अनलाइन

बुटवल।चार दिनदेखि वेपत्ता भएका विष्णु नेपालको शव फेला परेको छ। सोमबार बिहान तिलोत्तमा ११ मधवलिया स्थित नजरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितशिंह राठौरले जानकारी दिए ।

उनि शुद्धोधन गाउँपालिकास्थित मोतीपूर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबको रुपमा कार्यरत थिए ।बुटवलको होटल पार्क प्लाजा बाट लु २० प ४०६७ नं को मोटरसाइकलमा निस्केका नेपाल घरमा नगई बेपत्ता भएका थिए ।

नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहरमा खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी जारी राखेको थियो। उनका श्रीमती र एक छोरा रहेका छन्। उनका दाजु छवि नेपालको पनि उपचारको क्रममा आइतबार मृत्यु भएको थियो।

 
 
  
 

You may also like