बागलुङको जैमिनीमा पहिरोले पाँच घर पुरिए, एक जना बेपत्ता

by समतल अनलाइन

बागलुङ।अविरल वर्षापछिको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ ।घर पुरिदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ६१ वर्षीय हरिकृष्ण पौडेल छन् ।

परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्‍याएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।

 
 
  
 

You may also like