भिम अस्पतालमा थप एक जना कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

भैरहवा । भैरहवामा रहेको भीम अस्पताल भैरहवामा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।कपिलवस्तु शिवराज नगरपालिका ५ का एक ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई ३ दिनअघि आइसीयूमा राखेर उपचार गरीएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोख्रेलले जानकारी दिए ।

दमको समस्या देखिएका उनको राती १०:२६ बजे मृत्यु भएको पोख्रेलले जानकारी दिए । भीम अस्पतालमा २० जना आइसोलेशनमा उपचाररत छन् भने ३ जना आइसीयूमा छन ।

यस्तै आज बिहान कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४:३० बजे कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

 
 
  
 

You may also like