रुपन्देहीमा शुक्रबार ८३ जना कोरोना संक्रमित थपिए

by समतल अनलाइन

बुटवल ।रुपन्देहीमा शुक्रबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीमा शुक्रबार ३३ महिला र ५० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवल उपमहानगरमा मात्र ४६ जनामा संक्रमण पुष्टि भएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा २२ जना, तिलोत्तमा नगरपालिकामा ७ जना, मायादेबी गाँउपालिकामा २ जना तथा देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सुद्धोदन गांउपालिका, कोटहिमाइ गाँउपालिर्का, कन्चन गांउपालिका र सैनामैना नगरपालिकामा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रबार थपिएसँगै रुपन्देहीमा संक्रमितको संख्या १५०४ जना पुगेका छन् । जिल्लामा १४ जना को्रोना संक्रमितको मृत्यु भएको छ भने ६९७ जनाले बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

 
 
  
 

You may also like