मेघगर्जन र चट्याङसहित बर्षा, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । नेपालमा आज (शुक्रबार) पनि मौसम बदली भई देशका धेरै स्थानमा बर्षा हुने मौसमविदले बताएका छन् ।जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वागमती प्रदेश र प्रदेश–५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन भनेको छ ।

 

 
 
  
 

You may also like